रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक चितवनमा बस्दै
annapurnapost.com · Sat Jun 20 06:19:56 GMT 2026

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तिम बैठक चितवनमा बस्ने भएको छ। सभापति रवि लामिछानेले केन्द्रीय समितिको अन्तिम बैठक आज दिउँसो १ बजे भरतपुरस्थित होटल सीएमटी होटलमा बोलाएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि मनोनयन, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन, विधान संशोधन लगायतका विषय मुख्य एजेण्डा रहेको बुर्लाकोटीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ