गरिबको धुरीमा ऋणको आगो
annapurnapost.com · Sat Sep 12 05:29:42 GMT 2026

निधारको पसिना पुछेर दुई छाक टार्ने सपना बुन्दाबुन्दै, गरिबको आँगनमा कहिले तमसुकको कालो बादल मडारिन पुग्छ, पत्तौ हुँदैन। रगत र पसिनाले भिजेको माटोमाथि जब ऋणको अदृश्य पासो कसिन्छ, तब एउटा निमुखाको निद्रामात्र खोसिँदैन, उसको सिंगो आकाश लुटिन्छ। थोरै सास फेर्ने आशमा समातिएको मिटरब्याज र लघुवित्ताको त्यान्द्रो, अन्ततः घाँटी रेट्ने धारिलो तरबार बनिदिन्छ।
मिटरब्याजको चर्चा हुनेबित्तिकै धेरैको ध्यान गाउँघरका साहु–महाजनतर्फ जान्छ। तर, मिटरब्याजको समस्या केवल व्यक्ति वा साहु–महाजनको खराब नियतबाट मात्रै पैदा भएको होइन। यसको जड राज्यको अव्यवस्थित, असमान र बिचौलियामुखी सामाजिक–आर्थिक तथा वित्तीय संरचनामा पनि खोज्नुपर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)