मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यापारिक घरानामाथि पनि संसदीय विशेष समितिको अध्ययन

annapurnapost.com · Thu Jul 21 00:33:00 GMT 2022

काठमाडौं : बजेटमा करको दर हेरफेरबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले ठूला व्यापारिक घरानालाई पनि छानबिनको दायरामा राखेको छ। चौधरी ग्रुप, शंकरग्रुप, भट्टग्रुप र सौरभग्रुप छानबिनको दायरामा छन्। उनीहरूको अनुकूल बजेटमा करका दर हेरफेर गरिएकाले छानबिनको दायरामा राखिएको समितिले जनाएको छ। समितिले छानबिनका क्रममा तयार पारेको रणनीतिक कागजात अन्नपूर्ण पोस्ट्लाई प्राप्त भएको छ। त्यसमा बयान लिने व्यक्तिहरू, सम्भावित छानबिनका क्षेत्र र उठाउने विषय सूचीकृत गरिएका छन्।

पूर्वअर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेटमा करको दर हेरफेर गर्दै सय किलोवाटभन्दा बढी क्षमताका सबै विद्युतीय सवारीमा अन्तःशुल्क लाग्ने बनाएका थिए। जुन व्यापारिक घरानाको बलमा भएको थियो। जसअनुसार अब सयदेखि २०० किलोवाटसम्म ३०, २०१ देखि ३०० सम्म ४५ र त्यसभन्दा माथिका गाडीलाई ६० प्रतिशत अन्तःशुल्क लाग्नेछ। गत आर्थिक वर्षमा सबै विद्युतीय सवारीका लागि भन्सार शुल्क १५ प्रतिशत लाग्दै आएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)