मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाली लगाउने मौसमअघि मल आपूर्तिको तयारी, ५ हजार टन भित्रियो

canadanepal.com · Wed May 27 11:00:32 GMT 2026

काठमाडौं - प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा किसानहरूले बाली लगाउने मौसम सुरु हुन लागेकाले रासायनिक मलको सहज तथा सुलभ आपूर्ति सुनिश्चित गर्नुपर्ने विषयमा छलफल भएको छ ।

बैठकमा मलको मौज्दात, वितरण प्रणाली तथा आगामी आर्थिक वर्षको तयारीबारे कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका पदाधिकारीसँग विस्तृत छलफल गरिएको हो उक्त समितिको बैठकमा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका उपप्रमुख कार्यकारी अधिकृत एवं प्रवक्ता कुमार राजभण्डारीले रासायनिक मल आपूर्तिको तयारी समयमै गरिएको स्पष्ट पारे । उनले सबैभन्दा ठूलो समस्या बजेट व्यवस्थापन रहेको उल्लेख गर्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि ९५ हजार मेट्रिक टन मल खरिदको टेण्डर प्रक्रिया सम्पन्न भइसकेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)