बेलायतका प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरणको समय तोक्न आफ्नै सांसदको दबाब
shilapatra.com · Sat Jun 20 06:28:00 GMT 2026

बेलायतको सत्ताधारी दल लेबर पार्टीका सांसदहरूले प्रधानमन्त्री केइर स्टार्मरलाई सत्ता हस्तान्तरण गर्न दबाब बढाएका छन् । एकल बहुमतको सरकारमा प्रधानमन्त्री बन्ने उम्मेदवार परिवर्तन गर्न भन्दै उनीहरूले कहिले सत्ता हस्तान्तरण गर्ने हो ? समयसीमा तोक्न दबाब बढाएका हुन् ।
बेलायती विश्व समाचार च्यानल बीबीसीका अनुसार ग्रेटर म्यान्चेस्टर सहरका पूर्वमेयर एन्डी बर्नह्यामलाई सत्ता हन्तान्तरण गर्न सांसदले समय तोक्न दबाब बढाइरहेका छन् ।
एन्डीले उपचुनावबाट संसदमा बाटो तय गरेपछि नेतृत्व परिवर्तनको कुरा उठेको हो । तर, प्रधानमन्त्री केइर स्टार्मरले भने अन्तिमसम्म लड्ने र जिम्मेवारीबाट नभाग्ने बताएका छन् ।
प्रकाशित मिति: शनिबार, असार ६, २०८३
१२:१३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
किएर स्टार्मर