जेन्-जी आन्दोलन दमन: ओली, लेखक र गुरुङ मानवअधिकार उल्लंघनमा दोषी ठहर, नयाँ कानुन बनाएर कारबाही गर्न सिफारिस
barnanmedia.com · Wed May 27 11:03:47 GMT 2026

राष्ट्रिय मानवअधिकार आयोगले गत वर्षको 'जेन-जी (Gen-Z) आन्दोलन' दमनको घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानवअधिकार उल्लंघनमा दोषी ठहर गरेको छ। आयोगको विशेष अनुसन्धान प्रतिवेदनले आन्दोलनका क्रममा राज्य पक्षबाट अनावश्यक बल प्रयोग भएको निष्कर्ष निकाल्दै तत्कालीन राजनीतिक नेतृत्वलाई जिम्मेवार ठहर्‍याएको हो।
मौजुदा कानुनमा राजनीतिक नेतृत्वलाई यस्तो कसुरमा सजाय गर्ने स्पष्ट व्यवस्था नभएकाले आयोगले नयाँ कानुन बनाएर कारबाही गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)