बैंक तथा वित्तीय संस्थाका सीईओको तलब–सुविधामा नेपाल राष्ट्र बैंकको नयाँ मापदण्ड
arthadabali.com · Sat Jun 20 06:41:59 GMT 2026

काठमाडौं / नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधालाई व्यवस्थित, पारदर्शी र कार्यसम्पादनमुखी बनाउन नयाँ मार्गदर्शन जारी गरेको छ । मार्गदर्शनअनुसार सीईओको पारिश्रमिक निर्धारण गर्दा संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, व्यवसायको आकार, नाफा, सुशासन तथा दीर्घकालीन स्थायित्वलाई आधार बनाइनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि सञ्चालक समितिअन्तर्गत स्वतन्त्र समिति गठन गरी तलब तथा सुविधा सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार सीईओको पारिश्रमिकलाई निश्चित वार्षिक तलब तथा भत्ता, कार्यसम्पादनमा आधारित पारिश्रमिक र अन्य सीमित सुविधामा वर्गीकरण गरिएको छ । कार्यसम्पादनमा आधारित भुक्तानी गर्दा संस्थाको नाफा, पूँजी पर्याप्तता, जोखिम व्यवस्थापन, गैरकर्जाको अवस्था, तरलता, नियामकीय पालना तथा ग्राहक सन्तुष्टिलगायत सूचकको मूल्यांकन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)