आफ्नो राजनीति जोगाउन प्रचण्डले फेरि जातीय नाराकै सहारा लिने
barnanmedia.com · Fri Jul 12 22:26:51 UTC 2024

सारा राजनीतिक र वैचारिक मुद्दा सकिएपछि कुनै पनि राजनीतिकर्मी संकुचित र संकीर्ण तरिकाले जातिवादलाई हतियार बनाउन थाल्छ । केही हदसम्म उसले सफलता पनि पाउँछ । तर, जब समाजमा जाति भन्ने कुरा कृत्रिम हो र मानवता ठूलो कुरा हो भनेर जनताले बुझ्दै जान्छन्, त्यस्ता जातिवादीहरुको खेती सुक्दै जान्छ ।
भारतमा नरेन्द्र मोदीले सांस्कृतिक राष्ट्रवादको सहारामा १० वर्ष एकलौटी शासन गरे । यसपालि उनलाई आफैले लगाएका नारा र लिएका केही नीतिहरु प्रत्युत्पादक देखिए । चुनावको मुखमा उनी रणनीति बदल्न बाध्य भए । उनले यसपालिको चुनावमा विगतमा जस्तो असहिष्णु प्रकारका नारा र अभियानलाई स्थान दिएनन् । तर यतिन्जेल उनले धेरै क्षति बेहोरिसकेका थिए । चुनावको नतिजा आउन्जेल उनी देशको पहिलो ठूलो दलको नेता त कायम रहे तर गठबन्धनको सहयोगबिना प्रधानमन्त्री नै नबन्ने भए । अहिले पनि उनको सत्ताको साँचो नीतिशकुमारको हातमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)