मनाङलाई टोयाटाको सह–प्रायोजन
rajdhanidaily.com · Thu Aug 26 23:50:48 GMT 2021
काठमाडौं । घरेलु फुटबलको सर्वाधिक सफल र चर्चित टोली नेपाल आयल निगम मनाङ् मस्र्याङ्दी क्लबलाई टोयाटाले दुई वर्षका लागि सह–प्रायोजन गरेको छ । बिहीबार एक कार्यक्रमबीच मनाङका महासचिव तेन्जिङ गुरुङ र टोयाटाका तर्फबाट युनाइटेड ट्रेडर्स सिन्डिकेटका सुर्यान्स वैद्यले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे । प्रायोजनवापत् टोयटाले मनाङलाई वार्षिक १० लाख रुपैयाँ प्रदान गर्नेछ । सम्झौताअनुसार टोयाटाको नाम अब जर्सीको पछाडि भागमा हुनेछ ।
मनाङलाई नेपाल आयल निगमले दुई वर्षदेखि मुख्य प्रायोजन गर्दै आएको छ । आयल निगमले वार्षिक ३५ लाख रुपैयाँ प्रदान गरेको छ । कात्तिक २९ गते सुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको तयारी मनाङले सुरु गरेको छ । त्यही क्रममा टोलीले २१ खेलाडीसँग सम्झौता गरिसकेको जनाएको छ । मनाङले टोली थप बलियो बनाउन खेलाडी अनुबन्धनको क्रम जारी रहेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)