युद्धका कारण इन्धनको मूल्य बढेपछि उडानमा कटौती गर्दै एयर इन्डिया
gorkhapatraonline.com · Wed May 27 11:21:53 GMT 2026

एयर इन्डियाले मध्यपूर्व युद्धको कारण इन्धनको मूल्य बढेपछि अन्तर्राष्ट्रिय उडान कटौती गर्ने र अस्थायीरूपमा धेरै घरेलु उडान घटाउने बताएको छ । फेब्रुअरी-२८ मा तेहरानमा भएको अमेरिकी-इजरायली आक्रमणपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेपछि उड्डयन इन्धनको मूल्य बढेको छ ।
प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै एयरलाइन्सको पाँचभन्दा बढी घरेलु उडान प्रभावित हुन सक्ने सुझाव दिएको छ । उडान परिवर्तनबाट प्रभावित यात्रुलाई वैकल्पिक उडानमा पुनः बुक गरिने वा पूर्ण फिर्ती प्रस्ताव गरिने एयरलाइन्सले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)