जेन्जी आन्दोलन : रबरको गोली चलाउने आदेश, तर कसरी चल्यो धातुको गोली ?
annapurnapost.com · Wed May 27 11:24:20 GMT 2026

काठमाडौं : गत भदौं २३ र २४ को जेन्जी आन्दोलनमा निषेधित क्षेत्रमा आदेश विपरीत गोली चलेको पाइएको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ को घटनामा मानव अधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न गठित समितिको प्रतिवेदनमा आन्दोलनका क्रममा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले रबरमा गोली मात्र चलाउन आदेश दिएको बयानमा बताए पनि धातुको गोली चलेको पाइएको उल्लेख छ ।
भदौ २३ गते बानेश्वर क्षेत्रमा भएको प्रदर्शन नियन्त्रणका क्रममा भएको घटनाबारे छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगको अनुसन्धान टोलीका अनुसार उक्त घटनामा ४२ जनाको मृत्यु भएको देखिएको छ । मृतकमध्ये १९ जनाको घटनास्थलमै मृत्यु भएको र थप २३ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)