जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
gorkhapatraonline.com · Sat Jun 20 06:58:11 GMT 2026

जापानी सरकारले जुलाईदेखि विदेशीको लागि एकल-प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बिचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गर्नुभएको हो ।
यसैगरी बहु-प्रवेश भिसाको जारी शुल्क छ हजार येनबाट बढेर ३० तीस हजार येन हुनेछ । “हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ”, मोटेगीले भन्नुभयो । रासस/सिन्ह्वा
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)