मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

nepalnews.com · Sat Jun 20 07:03:31 GMT 2026

बेरुत। लेबनानको दक्षिणी क्षेत्रमा शनिबार भएको इजरायली आक्रमणमा पाँच जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

इजरायल र इरान समर्थित हिज्बुल्लाहबीच एक दिनअघि मात्र नयाँ युद्धविराम घोषणा भए पनि आक्रमण भएको हो। राज्यद्वारा सञ्चालित राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार मध्यरातपछि र शनिबार बिहानसम्म दक्षिण लेबनानका नाबातीय क्षेत्रसहित एक दर्जनभन्दा बढी स्थानमा इजरायली हवाई आक्रमण भएको थियो।

एनएनएले अरब सलिम शहरमा भएको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको, देइर जहरानीमा एक जना र द्वेइर शहरको प्रवेशद्वारमा ड्रोनले मोटरसाइकललाई लक्षित गर्दा थप एक जनाको मृत्यु भएको जनाएको छ।

यसअघि शुक्रबार लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण र पूर्वी क्षेत्रमा भएका इजरायली आक्रमणमा ४७ जनाको मृत्यु भएको बताएको थियो। त्यसै दिन इजरायली सेनाले लेबनानमा १५० भन्दा बढी आक्रमण गरेको दाबी गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)