जेनजी आन्दोलन : ७६ जनाको मृत्यु र अधिकांश संरचना जलेपछि मात्र सेना परिचालन
annapurnapost.com · Wed May 27 11:45:18 GMT 2026

काठमाडौं : गत भदौं २३–२४ गतेको जेनजी आन्दोलनको क्षति नियन्त्रणमा सुरक्षा निकायहरु समयमै सक्रिय हुन नसकेको देखिएको राष्ट्रिय मानवअधिकार आयोगले निष्कर्ष निकालेको छ । आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा गठित छानबिन समितिले जेनजी आन्दोलनका क्रममा भएको हिंसा र सुरक्षाकर्मीको गोली प्रहार घटनाबारे अध्ययन गरी तयार पारेको प्रतिवेदनका आधारमा आयोगले यस्तो निष्कर्ष निकालेको हो ।
भदौ २३ गतेको प्रदर्शन हिंसात्मक बनेपछि सुरक्षा संयन्त्रको नियन्त्रण बाहिर गएको अवस्थामा तत्कालीन काठमाडौँका प्रमुख जिल्ला अधिकारीले सेनाको सहयोग माग गरेको कागजात आयोग समक्ष पेस भएको उल्लेख गरिएको छ । तर व्यवहारमा सो सहयोग तत्काल उपलब्ध नभएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)