देउडामार्फत महिलाले पोखे वेदना
deshsanchar.com · Sat Mar 09 16:45:17 GMT 2024
सिमकोट – ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ग्रामीण महिलाले देउडा गीतमार्फत आफ्ना पीडा पोखेका छन्। सहज रुपमा महिला माथि हुने हिंसा तथा बिकृतीहरु भन्न नसकी रहेको अवस्थामा महिलाले देउडा गीत मार्फत गाएर ती पीडा ब्यक्त गरिएका हुन्।
सिमकोट गाउँपालिकामा महिला दिवस मनाउने क्रममा “ घाम भए सितलमा बस्नु, मेघ आए रुईनुछ , कोई छैन पिरमर्का बुझ्ने आफैले बुईनुछ ” अर्थात महिलाहरुले देउडा गीत मार्फत गर्मीमा सितलमा बस्न सकिएला, पानी परे काममा जानै पर्ने भएको कारण भिजिन्छ, आफ्ना पिरमर्का बुझ्ने कोही पनि नभएको कारण महिला आफैले बुझ्नु पर्छ भन्ने सन्देश दिने देउडा गाएर उनीहरुले आफ्ना समस्या गीत मार्फत ब्यक्त गरिन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)