मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने स्थान र समय परिवर्तन

nepalpress.com · Sat Jun 20 07:29:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बस्ने समय परिवर्तन भएको छ। महामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठक बस्ने स्थान र समय परिवर्तन भएको बताए।

उनका अनुसार बैठक २ दियालो फुडल्यान्ड विक्रम मार्ग भरतपुर–२मा बस्नेछ। यसअघि १ बजे होटल सीएमटीको बैठक हल बस्ने भनिएको थियो।

रास्वपाको महाधिवेशनअघिको आज बस्ने बैठक अन्तिम हो। बैठकमा राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनबारे छलफल हुने जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय