“बाँधेर हुन्छ कि थुनेर हुन्छ, ती फाइल खोल्न लगाएर ठूला माछामाथि कारबाही गर्नुस्,”
barnanmedia.com · Sat Jun 20 07:22:25 GMT 2026

Gyanendra Shahi ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि ठूला भ्रष्टाचारका मुद्दा दबाएर राखेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै शाहीले विगत ३५ वर्षदेखि राजनीतिक हस्तक्षेपका कारण अख्तियारले ठूला भ्रष्टाचारीलाई संरक्षण गर्दै आएको दाबी गरे। उनले अख्तियार ‘रक्षकभन्दा भक्षक’ बनेको टिप्पणी समेत गरेका छन्।
शाहीले एनसेल, वाइडबडी, मेलम्चीलगायतका करिब ६५ वटा ठूला भ्रष्टाचारसम्बन्धी फाइल अख्तियारमा वर्षौंदेखि थन्किएको आरोप लगाउँदै ती फाइल तत्काल खोल्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
“बाँधेर हुन्छ कि थुनेर हुन्छ, ती फाइल खोल्न लगाएर ठूला माछामाथि कारबाही गर्नुस्,” भन्दै उनले सरकारलाई कडा कदम चाल्न आग्रह गरेका छन्।
हाल मुलुकमा विभिन्न भ्रष्टाचार प्रकरणको अनुसन्धान र छानबिन तीव्र भइरहेका बेला शाहीको यो अभिव्यक्तिले राजनीतिक वृत्तमा थप बहस सिर्जना गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग