नेपाल-चीन सम्बन्ध विस्तारमा पूर्वप्रधानमन्त्री खनालको जोड
kalakarmi.com · Sat Sep 12 06:46:24 GMT 2026

काठमाडौं- पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन भौतिक तथा डिजिटल सम्पर्क सञ्जाल विस्तार, सहमति भएका विकास परियोजनाको समयमै कार्यान्वयन र विज्ञान-प्रविधि तथा नवप्रवर्तनमा सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौंमा शनिवारदेखि प्रारम्भ भएको काष्ठमण्डप संवाद, शृङ्खला-३ अन्तर्गत ‘नेपाल–चीन सम्बन्धः सहकार्यका क्षितिजहरूको विस्तार’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बदलिँदो विश्व व्यवस्थाबीच नेपालले आफ्नो सार्वभौमिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर विदेश नीतिको रणनीतिक दिशा तय गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)