कामना सेवा विकास बैंकद्वारा विद्यालयमा कुलर हस्तान्तरण
corporatenepal.com · Wed May 27 12:04:45 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवा मार्फत श्री पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।
बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरेका थिए । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीहरु अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलरहरु उपयोगी हुने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ