चट्याङ लागेर चौपायाको मृत्यु
gorkhapatraonline.com · Sat Jun 20 07:43:56 GMT 2026

तनहुँको देवघाट गाउँपालिकामा चट्याङ लागेर आधा दर्जन चौपाया मरेका छन् । देवघाट गाउँपालिका–५ शिखर बस्ने ५५ वर्षीय भविलाल गुरुङको गाईगोठमा चट्याङ पर्दा गोठमा रहेका चौपायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार शुक्रबार राति साढे ९ बजेको समयमा गुरुङको गोठमा चट्याङ परेको थियो । चट्याङ लागेर गोठमा बाँधिएका चारवटा बोका, एउटा खसी र एउटा गाईको घटनास्थलमै मृत्यु छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)