भिक्टर र निश्चलदेखि निसान मैनालीसम्म डामिए प्रतिवेदनमा, थप अनुसन्धान गर्न सिफारिस
shilapatra.com · Wed May 27 12:20:06 GMT 2026

राष्ट्रिय मानवअधिकार आयोगले आज सार्वजनिक गरेको ‘नवयुवा जेन–जी आन्दोलनको अनुसन्धान प्रतिवेदन सिफारिस’मा डामिनेहरूमा रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेलदेखि हाल अस्ट्रेलियामा बस्ने राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा भोट माग्ने कन्टेन्ट क्रिएटर निसान मैनालीलगायत पनि परेका छन् ।
प्रतिवेदनले गरेको सिफारिसको बुँदा नम्बर ३० मा भिक्टर पौडेल, निसान मैनालीलगायतको नामै किटान गरिएको छ । र, सिफारिसमा ‘२३ र २४ भदौको घटनामा भएको मानवीय तथा भौतिक क्षतिमा समेतका कार्यमा निजहरूको संलग्नता रहे नरहेको’ भन्दै उनीहरूका बारेमा ‘थप अनुसन्धान गर्न’ माग गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)