मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभाको सिलिचोङमा चट्याङ लागेर दुई जना घाइते

onlinekhabar.com · Sat Jun 20 07:45:35 GMT 2026

६ असार, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । गएराति वर्षासगै परेको चट्याङ लागेर सिलिचोङ–४ मा एकै घरका श्रीमान श्रीमती घाइते भएका छन् ।

घाइते हुनेमा ३५ वर्षीय शेखरचन्द्र राई र उनकी श्रीमती १८ वर्षीयाा बुद्धिकला राई घाइतेको भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ ।

आफ्नै घरको सिकुवामा बसिरहेका बेला अचानक परेको चट्याङले लागेर घाइते भएका हुन् । चट्याङ लागेर शेखरचन्द्रकी श्रीमती बुद्धिकला गम्भीर घाइते भएकी छिन् ।

चट्याङ लागेर उनको विभिन्न भागमा चोट लागेको प्रहरी निरीक्षक राजवंशीले बताए ।

घाइतेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार पश्चात थप उपचारका शनिबार बिहान लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

जिल्ला मकालु, चिचिला, सिलिचोङ गाउँपालिकामा चट्याङको उच्च जोखिम मानिन्छ । जिल्लामा चट्याङ लागेर एक वर्षको अवधिमा आधार दर्जन व्यक्तिको मृत्यु भइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)