सीजी इलेक्ट्रोनिक्सको कारोबारमा ५७ प्रतिशत गिरावट
ajakoartha.com · Sat Jun 20 07:48:00 GMT 2026

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत सञ्चालित सीजी इलेक्ट्रोनिक्स प्रालिको कारोबार चालु आर्थिक वर्ष २०२५÷२६ को पहिलो छ महिनामा करिब ५७ प्रतिशतले घटेको छ ।
सेप्टेम्बर २०२५ मा भएको जेनजी आन्दोलनमा कम्पनीको एसेम्बली प्लान्ट र गोदाम पूर्ण रूपमा नष्ट भएपछि उत्पादन तथा आपूर्ति प्रणाली प्रभावित हुँदा कम्पनीको आम्दानी र नाफामा उल्लेख्य गिरावट आएको हो । रेटिङ एजेन्सी इक्रा नेपालको रेटिङ प्रतिवेदन अनुसार कम्पनीले चालु आर्थिक वर्षको पहिलो छ महिनामा १४९ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा कम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)