‘सहकारी अभियानले महिलाको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान गरेको छ’ : मन्त्री पौडेल
kalakarmi.com · Sat Jun 20 07:54:17 GMT 2026

काठमाडौं- बागमती प्रदेश सहकारी तथा गरिवी निवारण मन्त्री बिनु रायमाझी पौडेलले सहकारी अभियानले विश्वभर महिलाहरुको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमा ठूलो योगदान पुर्याएको बताएकी छिन् ।
रााष्ट्रिय सहकारी महासंघले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसं सहकार्य गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलनको उद्घान सत्रामा बोल्दै उनले महिलाहरुको सशक्तिकरण, आत्मनिर्भरता र नेतृत्व विकासमा सहकारीको भूमिका प्रशंसनीय रहेको बनाएकी हुन् । विश्वमा महिलाहरूको सहभागिता बिना दिगो विकासको परिकल्पना गर्न नसकिने विचार राख्दै उनले एसियामा महिला सहभागिताको हिसाबले नेपाल, फिलिपिन्स पछिको दोस्रो स्थानमा रहनु गौरवको विषय भएको भनाई राखिन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)