नेपालमा न्यून चापीय प्रणालीको असर, हिमपातको सम्भावना
ratopati.com
पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर फैलने क्रममा रहेको छ । सोमबार देशको पहाडी तथा हिमाली भू-भागहरूमा सामान्य देखि पूर्णतया बदली र तराईका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू-भागहरूका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
मंगलबार र बुधवार सो प्रणालीले देशभर फैलिई सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। सो प्रणाली बिहीबार देखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना रहेको छ। सो प्रणाली बिहीबार देखि क्रमिक रूपमा कमजोर बन्दै जाने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)