मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ड्रागन फ्रुट’खेतीबाट १२ लाख आम्दानी

kendrabindu.com · Sat Jun 20 07:56:08 GMT 2026

इनरुवा । जिल्लाको हरिनगर गाउँपालिका -३ गौतमपुरका किसान रामेश्वर मेहताले पाँच कट्ठा जग्गामा ड्रागन फ्रुटखेती गरेका छन् । उनले करिब रु आठ लाख लागतमा खेती सुरु गरेका हुन् ।

मेहताका अनुसार रु एक लाख ५६ हजार बिरुवामा मात्रै खर्च भएको छ । बाँकी खर्च पिलर, टायर/होल्डर, कम्पोष्ट मल, सुडामोनस, खाद्य, रोपाइँ तथा तीन पटकसम्मको सिँचाइ, मजदुरको ज्यालालगायतमा खर्च भएको मेहताले जानकारी दिए । “खेती सुरु गर्दा आम्दानीभन्दा खर्च बढी थियो । अहिले आम्दानी हुन थालेपछि उत्साहित भएको छु”, उनले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)