लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित
nepalpress.com · Wed May 27 12:36:28 GMT 2026

रुपन्देही। लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आठौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिँदै नीति तथा कार्यक्रमको आधारमा सरकारले बजेट निर्माण गर्ने स्पष्ट पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)