मनसुनजन्य विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास
gorkhapatraonline.com · Wed May 27 12:41:11 GMT 2026

सर्लाहीको चन्द्रनगर गाउँपालिकास्थित ऐतिहाँसिक नाढीमन ताल परिसरमा बुधबार मनसुनजन्य विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको छ ।
जिल्ला सुरक्षा समिति सर्लाहीको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा घटना अभ्यास गरिएको हो । उक्त अभ्यासको प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सुरक्षा निकायका प्रमुख, गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपाध्यक्ष गीता देवी महतो, प्रमुख प्रशासकीय अधिकृत जयकिशोर साह, वडाध्यक्ष, अन्य जनप्रतिनिधिलगायतले निरीक्षण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
सरोज गुरागाईं