लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
shilapatra.com · Wed May 27 12:37:00 GMT 2026

लुम्बिनी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबारकाे बैठकले आर्थिक वर्ष २०८३–८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक वर्ष २०८३–०८४ को वार्षिक नीति तथा कार्यक्रम पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै सभामुख तुलाराम घर्तीमगरले वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)