अमेरिकी आर्थिक दबाबमा इरानले आत्मसमर्पण गर्दैन : राष्ट्रपति पेजेस्कियन
gorkhapatraonline.com · Sat Sep 12 07:23:45 GMT 2026

इरानी राष्ट्रपति मसूद पेजेस्कियनले इरानी जनताले अमेरिकी आर्थिक दबाबमा आत्मसमर्पण नगर्ने बताउनुभएको छ । संयुक्त राज्य अमेरिकाले इरानीलाई धम्की दिएर आत्मसमर्पण गर्न बाध्य पार्न नसकेकाले जीविकोपार्जनमा समस्या र सुविधाको अभावको अवस्था सिर्जना गरी उनीहरूलाई आत्मसमर्पण गर्न बाध्य बनाउन खोजिरहेको उल्लेख गर्दै इरानी जनताले आत्मसमर्पण नगर्ने विषयमा जोड दिनुभएको छ ।
इरानको इरना समाचार एजेन्सीका अनुसार पेजेस्कियनले नयाँ दिल्लीमा भारतीय धार्मिक नेता, तथा व्यापारीसँगको बैठकमा यस्तो बताउनुभएको हो । इरान विरुद्धको अमेरिकी नौसैनिक नाकाकन्दी र आर्थिक युद्धको निन्दा गर्दै उहाँले भन्नु भयो “वासिङ्टन इरानलाई स्वतन्त्र देश बनाउन चाहँदैन, तर हामी यसको बदमाशीको अगाडि झुक्ने छैनौँ । ”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)