५६ व्यवसायीको शेयर रोक्का गर्न भनेको सीआईबीले मनोजलाल कर्णलाई कसरी जोगायो ?
shilapatra.com · Wed May 27 12:44:32 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दीपक भट्टसँग जोडिएका ५६ जना व्यवसायीको शेयर रोक्का गर्न नेपाल धितोपत्र बोर्डलाई पत्र पठाए पनि हिमालय लाइफ इन्स्योरेन्सका पूर्वसीईओ मनोजलाल कर्णलाई भने जोगाउन खोजेको छ । कर्ण दीपक भट्टसँग निकट र विश्वासिलो सम्बन्ध भएका व्यक्ति हुन् ।
जबकि सीआईबीले हिमालय लाइफका अधिकांश सञ्चालकको शेयर रोक्का गर्न भनेको छ । तर त्यो सूचीमा कर्णको नाम नपर्नुलाई आश्चर्यजनक मानिएको छ । अरु व्यवसायीहरूको शेयर रोक्का गरेर कर्णलाई कसरी छुट दिइयो भनेर स्वयम् व्यवसायीहरू नै प्रश्न गरिरहेका छन् । तर सीआईबीले यसबारे थप प्रतिक्रिया दिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)