अष्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा
gorkhapatraonline.com · Sat Jun 20 08:16:40 GMT 2026

आयोजक अमेरिका फिफा विश्वकप फुटबल–२०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
समूह ‘डी’ अन्तर्गत अमेरिकाको सिएटल स्टेडियम शुक्रबार राति भएको खेलमा अमेरिकाले अष्ट्रेलियालाई २–० गोलले हरायो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई हराएको थियो ।
अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले ४३औँ मिनेटमा एक गोल गर्नुभयो । यसअघि अमेरिकाले ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोल सहयोगमा सुरुवाती अग्रता लिएको थियो ।
बल बचाउने क्रममा अष्ट्रेलियाका रक्षक क्यामरुनको प्रहार आफ्नै पोष्टमा छिरेको थियो । जितसँगै अमेरिकाले दुई खेलबाट ६ अङ्क बनाएको छ । एजेन्सी
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)