महेश बस्नेतको टिप्पणी- विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सुम्पिन सकिँदैन
nepalpress.com · Sat Jun 20 08:14:50 GMT 2026

काठमाडौं । नेकपा एमालेको सचिव महेश बस्नेतले विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न नसकिने बताएका छन्।
पार्टीभित्र अध्यक्ष केपी ओलीको विकल्प खोज्न चौतर्फी दबाब बढिरहेको बेलामा उनले यस्तो टिप्पणी गरेका हुन्।
अध्यक्ष ओलीको पक्षमा उभिएका सचिव बस्नेतले भने, ‘पार्टी पुनर्गठनको बहानामा राष्ट्रिय स्वाभिमान र जनताको बहुदलीय जनवादमाथि प्रहार गर्न खोज्ने, विदेशी एजेन्डासामु घुँडा टेक्नेहरूको हातमा एमाले सङ्गठन सुम्पिने कल्पना पनि गर्न सकिँदैन।’
एमालेको सङ्गठन लाखौँ कार्यकर्ताको त्याग, समर्पण, सङ्घर्ष र बलिदानको जगमा निर्मित भएको बताए।
उनले भने, ‘यो कुनै अवसरवादी समूह वा व्यक्तिहरूको निजी स्वार्थ पूरा गर्ने साधन होइन। पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ, कुनै स्वार्थ समूहको इच्छाबाट होइन।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)