मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कामना सेवा विकास बैंकद्वारा रुपन्देहीको पशुपति माविलाई कुलर हस्तान्तरण

onlinekhabar.com · Wed May 27 12:51:44 GMT 2026

१३ जेठ, काठमाडौं । कामना सेवा विकास बैंकलेसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय कोटिहवामार्फत पशुपति माध्यमिक विद्यालय, रुपन्देहीलाई कुलर हस्तान्तरण गरेको छ ।

बैंकको बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई ३ थान कुलर हस्तान्तरण गरे । विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थी अध्ययनरत रहेको र गर्मीको मौसममा अध्ययन–अध्यापन गर्न कठिन भएको अवस्थामा उक्त कुलर उपयोगी हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय