कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या सात हजार नाघ्यो
gorkhapatraonline.com · Sat Sep 12 07:39:39 GMT 2026

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला संक्रमितको संख्या सात हजार नाघेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब तीन हजार चार सय पुगेको छ । शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर १० सम्म सात हजार २२ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमणका कारण तीन हजार तीन सय ९८ जनाको मृत्यु भएको छ भने एक हजार ६ सय ७१ जना उपचारपछि निको भएका छन् । हालको तथ्यांकअनुसार संक्रमितमध्ये मृत्यु हुने दर ४८ दशमलव ४ प्रतिशत रहेको छ । इबोलाको प्रकोप कङ्गोका सात प्रान्तका ६२ स्वास्थ्य क्षेत्रमा फैलिएको छ । स्थानीय अधिकारीहरूका अनुसार सुद-उबाङ्गी प्रान्तमा पनि एक जनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)