एक्टिभ, दीप ज्योति र जेबीलाई फुटसलको उपाधि
onlinekhabar.com · Sat Aug 02 16:50:47 GMT 2025
१७ साउन, काठमाडौं । दोस्रो टोखा नगर प्याब्सन अन्तरविद्यालय फुटसल प्रतियोगितामा एक्टिभ स्कुल, दीप ज्योति र जेबी स्कुलले उपाधि जितेका छन् । सिनियर ब्वाइजमा एक्टिभ, सिनियर गर्ल्समा दीपज्योति र जुनियर ब्वाइजमा जेबी स्कुल च्याम्पियन भएका हुन् ।
टोखा नगर प्याब्सनको आयोजनामा बसुन्धरास्थित काठमाडौँ ग्लोबल स्कुलमा भएको सिनियर ब्वाइज एक्टिभले स्वेता सदनलाई टाइब्रेकर ३–२ गोलले हरायो । सिनियर गर्ल्सको उपाधि भिडन्तमा दीपज्योतिले काठमाडौँ ग्लोबल स्कुललाई टाइब्रेकरमा ४–३ गोलले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)