अन्तर्राष्ट्रिय ओलम्पिक डेको अवसरमा मण्डिखाटार टेनिस कोर्टमा भब्य कार्यक्रम
neplays.com · Sat Jun 20 08:40:00 GMT 2026
काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२६ को अवसरमा काठमाडौँको मण्डिखाटारमा जुनियर टेनिस प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । नेपाल ओलम्पिक कमिटीको समन्वयमा आयोजित उक्त विशेष खेलकुद कार्यक्रममा कूल ३६ जना बालबालिकाहरूले उत्साहजनक सहभागिता जनाएका थिए । सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्दै जुनियर खेलाडी निम्ति कुँवर प्रतियोगिताको विजेता बन्न सफल भइन् ।
प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहमा नेपाल ओलम्पिक कमिटी (एनओसी) की उपाध्यक्ष ज्योति राणा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् । कार्यक्रममा प्रमुख अतिथि राणासहित काठमाडौँ जिल्ला टेनिस एसोसिएसनका अध्यक्ष प्रवीण वैद्य, पूर्व अध्यक्ष मनोज राणा तथा पूर्व राष्ट्रिय खेलाडी मल्लिका राणा लगायतका खेलकुद क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)