मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंबाट २२ लाख नगदसहित पक्राउ परेका दुई जनाले बार भित्रबाटै गर्थे क्रिप्टो मुद्रा कारोबार

nepalbahas.com · Sat Jun 20 08:35:00 GMT 2026

काठमाडौंबाट २२ लाख नगदसहित पक्राउ परेका दुई जनाले बार भित्रबाटै गर्थे क्रिप्टो मुद्रा कारोबार

६ असार, काठमाडौं । प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडाँैका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।

क्रिप्टो मुद्रा कारोबार

नेपाल प्रहरी

Shares

नेपालबहस संवाददाता

नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार

लेखकबाट थप

सम्बन्धित पोस्ट

ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

असार ५, २०८३ शुक्रबार

छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा

असार ३, २०८३ बुधबार

काठमाडौं प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ

असार ३, २०८३ बुधबार

नेपालबहस ट्रेन्डिङ

छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ

नेपालबहस संवाददाता

असार ३, २०८३ बुधबार

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

नेपालबहस संवाददाता

असार ५, २०८३ शुक्रबार

आरजु राणालाई तीन दिनभित्र उपस्थित हुन अख्तियारको पुर्जी, विदेशमा रहेकाले तत्काल आउन नसक्ने जवाफ

नेपालबहस संवाददाता

असार ४, २०८३ बिहिबार

Tweets by nepalbahas

लोकप्रिय

सूचना भेरिफाई नगरी कोशीका गृहमन्त्रीको घरमा गरिएको खानतलासीले विवादमा तानियो प्रहरी

असार ५, २०८३ शुक्रबार

नेपालमा मनसुन भित्रियो, देशभर फैलिन अझै समय लाग्ने

असार ५, २०८३ शुक्रबार

अकुत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतम दोषी ठहर

असार ५, २०८३ शुक्रबार

छुटाउनुभयो कि?

चोरै पक्रन नसकेपछि १ करोड खर्चिएको रोबोटको जागिर गयो

असार ६, २०८३ शनिबार

काठमाडौंबाट २२ लाख नगदसहित पक्राउ परेका दुई जनाले बार भित्रबाटै गर्थे क्रिप्टो मुद्रा कारोबार

असार ६, २०८३ शनिबार

१४ वर्षमै विश्वका १९० भन्दा बढी देशमा फैलियो योग दिवस

असार ६, २०८३ शनिबार

मधेस सरकारले ११ महिनामा उठायो ३० अर्ब १७ करोड राजस्व, घरजग्गा रजिस्ट्रेसन र सवारी कर मुख्य स्रोत

असार ६, २०८३ शनिबार

प्रधानमन्त्री बालेनको राष्ट्रवादी नाराः आकाशको फल बन्ने बाटोमा

असार ६, २०८३ शनिबार

ईभी जाँचपास प्रकरण : सिमेक्स इंकसहित ५ कम्पनी छानबिनमा, रसुवा भन्सारका १३ कर्मचारी निलम्बित

असार ६, २०८३ शनिबार

स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)

सम्बन्धित विषय