देशका १७ ठाउँमा भारी वर्षा, बबइ र बागमती नदी खतराको तहभन्दा माथि
nepallive.com · Tue Aug 08 00:38:00 GMT 2023
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। जसका कारण पछिल्लो समय देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।
आज (मंगलबार) बिहानसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)