दक्षिण अफ्रिकालाई मियामी जी–२० शिखर सम्मेलनमा सहभागी नदिने ट्रम्पको घोषणा
barnanmedia.com · Thu Nov 27 20:15:01 GMT 2025

राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई आगामी वर्ष मियामी नजिकै आयोजित हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुन नदिने घोषणा गर्नुभएको छ । यस वर्षको जोहानेसबर्ग शिखर सम्मेलनमा अमेरिकी प्रतिनिधिमण्डलसँग गरिएको व्यवहारका कारण देशलाई दिइँदै आएका सबै भुक्तानी र अनुदान रोकिने उहाँले बताउनुभयो ।
ट्रम्पका अनुसार दक्षिण अफ्रिकाले गत सप्ताहान्त सम्पन्न शिखर सम्मेलनमा अमेरिकी सरकारी प्रतिनिधिमण्डललाई सहभागी हुन नदिएर अन्तर्राष्ट्रिय मान्यताको अवहेलना गरेको हो । उहाँले दक्षिण अफ्रिकामा ‘श्वेत अफ्रिकीहरूको हिंसात्मक दमन’ भइरहेको दावी पनि दोहोर्याउनुभयो । उक्त दावीलाई दक्षिण अफ्रिकी सरकारले बारम्बार आधारहीन भनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)