मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतसँगको पहिलो टी–२० मा आयरल्यान्ड डकवर्थ पद्धतिका आधारमा २ रनले पराजित

Ujyaaloonline.com · Sat Aug 19 00:44:45 GMT 2023

काठमाण्डाै - भारतले पहिलो टी–२० मा घरेलु टोली आयरल्यान्डलाई डकवर्थ पद्धतिका आधारमा दुई रनले हराएको छ । जितसँगै तीन खेलको टी–२० शृङ्खलामा भारतले १–० को अग्रता बनाएको छ । भारतको जितमा कप्तान जस्प्रित बुमराहले उत्कृष्ट प्रदर्शन गरे ।

जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको भारतले ६ ओभर ५ बलमा २ विकेट गुमाउँदै ४७ रन बनाएको अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भारत डकवर्थ पद्धतिको आधारमा विजयी भयो । ऋतुराज गायकवाड १९ रन र सञ्जु स्यामसन १ रनमा अविजित रहे । यशस्वी जैसवाल २४ रनमा आउट भए । आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)