बाढी प्रभावितका लागि मनोपरामर्शदाता परिचालित
gorkhapatraonline.com · Sat Sep 12 08:00:31 GMT 2026

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशी हुँदै गएको बाढी प्रभावितका लागि अहिले मनोपरामर्शदाता परिचालन गरिएको जानकारी दिनुभएको छ । नेपाल प्रेस सोसाइटी सूर्यविनायक भक्तपुरद्वारा आयोजित कार्यक्रममा उहाँले हाल १६ जना मनोपरामर्शदाता प्रभावित क्षेत्रमा खटिएका जानकारी गराउनुभयो ।
मुख्यमन्त्री थापामगरले रसुवाको विनाशकारी बाढीमा अभिभावकविहीन भएका बालबालिकालाई कक्षा १२ सम्म शिक्षा तथा आवश्यकता अनुसार तत्कालै आवासीय विद्यालयको व्यवस्था गरिने बताउनुभयो । बाढी पहिरोका कारण सात हजारभन्दा बढी मानिस प्रभावित भएको उहाँले उल्लेख गर्नुभयो । यही भदौ १० गते रसुवामा बाढी गएलगत्तै प्रदेश सरकारले स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको मुख्यमन्त्री थापामगरको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)