उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोटः सात जनाको मृत्यु, तीन घाइते
kendrabindu.com · Sat Jun 20 08:52:31 GMT 2026

पेशावर । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’मार्फत लक्षित गरिएको थियो । घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारीसाधनमा पनि दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ । दुवै विस्फोटमा तीन जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
अफगानिस्तान