नमूना सहरको परिकल्पनासहित ‘बैरेनी जग्गा विकास आयोजना’
barnanmedia.com · Sat Jun 20 08:48:10 GMT 2026

जिल्लाको व्यास नगरपालिका-१० मा नमूना सहरको परिकल्पनासहित बैरेनी जग्गा विकास आयोजना कार्यक्रम सञ्चालन भइरहेको छ । आयोजनाको पहिलो चरणको काम अन्तिम अवस्थामा पुगेसँगै दोस्रो चरणको बृहत्तर विस्तार प्रक्रिया अघि बढाइएको हो ।
साविक फराकचौर क्षेत्रका एक हजार ३६० रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गाधनी तथा मोहीहरूको रायसुझाव र सहमति सङ्कलन कार्य सुरु गरिरहेको छ । नगरपालिकाले दीर्घकालीन, योजनाबद्ध र आधुनिक सहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढाएको आयोजना प्रमुख वरिष्ठ इन्जिनियर रवीन्द्रलाल मूलले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)