मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चार लाख ६७ हजारलाई पर्ने सानिगाड हाइड्रोको आईपीओ बिहीबारदेखि निष्काशन खुला

corporatenepal.com · Wed May 27 13:20:39 GMT 2026

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले जेठ १४ गते बिहीबारदेखि २० गते बुधबारसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट सम्पन्न गरिसकेको छ । अब बाँकी शेयर सर्वसाधारण लगानीकर्ताका लागि जारी गर्न लागिएको हो ।

Advertisement

कम्पनीले आफ्नो २ अर्ब ८५ करोड रुपियाँ बराबरको जारी पुँजीमध्ये ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपियाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरेको थियो । सोमध्ये प्रारम्भिक चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई तथा ५ लाख ७० हजार कित्ता शेयर विदेशमा कार्यरत नेपालीहरूलाई वितरण गरिसकिएको छ।

यसैगरी, कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर आफ्ना कर्मचारीहरूका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँडफाँट गरिसकेको छ ।

अब बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो । उक्त शेयर ४ लाख ६७ हजार ४ सय जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय