ग्याविन निर्माणले विद्यालय भवन पहिरोबाट सुरक्षित
gorkhapatraonline.com · Sat Sep 12 08:12:00 GMT 2026

हुम्ला भदौ २७ गते । भिरालो जमिनमा निर्माण गरिएका जिल्लाका आठ वटा विद्यालयहरु तत्कालका लागि सुरक्षित भएका छन् । ती विद्यालयहरुमा ग्याविन लगाउने कार्यका साथै घेरबार समेत गरिएको कारण सुरक्षित भएका हुन ।
विद्यालयमाथि पनि पहिरो खस्ने डर र तल पनि भिरालो जमिन भएको कारण सधैँ जोखिम रहेको अवस्थामा ग्याविनसहित घेरबार गरिएपछि सुरक्षित महसुस भएको अदानचुली गाउँपालिका– २ को थुममालिका आविका प्रधानाध्यापक भैरवबहादुर भण्डारीले बताउनुभयो । विद्यालयका भवनहरु पक्की निर्माण गरिएका भएपनि पहिरोबाट बच्न ग्याविन लगाउने कार्य नभएको अवस्थामा हाल ग्याविक लगाउनका साथै घेरबार पनि गरिएको कारण ढुक्कका साथ पठनपाठन हुने गरेको उहाँको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)