मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारबारे कांग्रेसको प्रारम्भिक समीक्षा- घोषणा गरेको काम समेत गर्न सकेन

nepalpress.com · Sat Jun 20 09:05:02 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले सरकारको कामको प्रारम्भिक समीक्षा थालेको छ। आज बसेको संसदीय दलको बैठकमा संसदीय दललाई प्रभावकारी बनाउने विषयमा छलफल भएको महामन्त्री प्रदीप पौडेलले बताए।

उनले भने, ‘बैठकमा सांसदहरूलाई राष्ट्रिय विषयहरूमा बोल्ने, जनजीविकाका सरोकारहरूलाई कसरी प्रस्तुत हुने, संसदीय दल र पार्टीको समन्वय सजिलो बनाउनेबारेमा छलफल भयो।’

उनले पार्टीले सरकारका कमजोरीका विषय खबरदारी गर्न नछाडेको बताए।

उनले भने, ‘सरकारले गरेका कमीकमजोरीका विरुद्ध अथवा खबरदारी गर्ने सवालमा हामीले आफूलाई एकदमै सक्रिय ढङ्गबाट प्रस्तुत गरेका छौँ। संसदीय दलभित्र हाम्रो नेता बोलेको, हाम्रो सांसद साथीहरू बोलेको तपाईँहरूले सुन्नुभएको छ। अब सरकार कान सुन्दैन, कान थुनेर बस्छ भने त त्यसको मूल्याङ्कन त जनताले गर्नुहुन्छ। प्रतिपक्षमा बसेर सरकारले गरेका कमजोरी उठाउन बिर्सेको छैन, छोडेको छैन, खबरदारी निरन्तर रूपमा गरिरहेको छ।’

उनले सरकारको सय दिन पुग्न लागेको भन्दै पार्टीका सांसदहरूले विषयगत मन्त्रालयको जिम्मा लिएर अध्ययन गरिरहेको बताए।

उनले भने, ‘कांग्रेसले सरकारका गतिविधिहरू नजिकबाट हेरिरहेको छ। सरकारले १०० दिनमा १०० काम भन्यो। कति काम त छलफलसम्म पनि भएनन्। पूरा हुने त धेरै परको कुरा हो।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय