चितवनमा कस्तो छ सुरक्षा र ट्राफिक व्यवस्था ?
ratopati.com · Sat Jun 20 09:10:53 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा चितवन जिल्ला प्रहरी कार्यालयले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ। चितवन जिल्ला प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार महाधिवेशन स्थलको सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भएको हो।
एसपी पौडेलले भने, ‘हामीले सिभिल र ट्राफिक प्रहरीसहितको सुरक्षा व्यवस्था खडा गरेका छौँ। पार्किङको पनि मजबुत व्यवस्था मिलाइएको छ।’ विशेषगरी पश्चिम र पोखराबाट आउने गाडीहरूलाई वीरेन्द्र क्याम्पसको पछाडिपट्टि र डिग्री क्याम्पसको साइडमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ, जहाँ करिब हजार गाडी अट्ने क्षमता छ। यस्तै, पूर्वबाट आउने गाडीका लागि पारस बसपार्क र अन्य क्षेत्रमा पनि पार्किङको व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)