मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुनाटपरी बनाएर आत्मनिर्भर बने महिला समूह

deshsanchar.com · Sat Aug 02 17:29:16 GMT 2025

कैलाली – यहाँको धनगढी उपमहानगरपालिका–७ देवरीयाका पाँच जनाको महिला समूहले दुनाटपरी बनाएर आत्मनिर्भर बनेका छन्। स्थानीय सीता चौधरी, कमला चौधरी, भुलिया चौधरी, विनिता रेग्मी र सविता चौधरीले दुई वर्षदेखि देवरियामा ‘जाखौरबाबा महिला विकास दुनाटपरी उद्योग’ सञ्चालन गर्दै आएका छन्। उनीहरुले सुरुमा वडा कार्यालयबाट दुनाटपरी बनाउने तालिम लिएका थिए।

वडा कार्यालय र धनगढी उपमहानगरपालिकाले सो समूहलाई दुनाटपरी बनाउने दुई वटा मेसिन निःशुल्क उपलब्ध गराएको छ। मेसिनको प्रयोगले दुनाटपरी उत्पादन गर्न अझै सहज भएको छ। दुनाटपरी उद्योग सञ्चालकमध्येकी सीता चौधरीले वडाबाट प्राप्त दुनाटपरी बनाउने तालिमबाट आफूहरु आत्मनिर्भर बनेको बताइन्। उनले भनिन्, “यसभन्दा पहिले हामी घरको काममा मात्र सीमित थियौँ। जब दुनाटपरी बनाउने तालिम लियौँ, त्यसपछि कमाइ राम्रै छ।”

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)