खाल्डाखुल्डीले ग्रामीण सडकमा यात्रा गर्न कठिन
deshsanchar.com · Sat Aug 02 17:33:04 GMT 2025

हुम्ला – जिल्लाका सबै गाउँपालिकाका ग्रामीण सडकमा यातायातका साधन सञ्चालनमा कठिन हुने गरेको छ। एकातिर कच्ची सडक त्यसमाथि वर्षाको पानीको कारण खाल्डाखुल्डी परेकाले यातायातका साधनलाई गुड्न निक्कै कठिन मात्र हुने गरेको छैन यात्रुलाई पनि झर्को लाग्दो यात्रा हुने गरेको हो।
सिमकोट गाउँपालिका– १ को दोजाममा बोलेरो जीप सञ्चालन गर्दै आएका गाडी चालक सन्जय कामीले नजाउ भने कमाई नहुने तर गएपछि यात्रा नै कष्टकर हुने गरेको बताए। गाडी फस्ने किसिमले सडकमा खाल्डा परेको कारण गाडीबाट झरेर यात्रु र चालक मिलेर ढुङ्गा बिछ्याएर मात्र अगाडी बढ्नु पर्ने अबस्था रहेको उनले अनुभव पोखे। यसरी खाल्डाखुल्डीले यात्रा गर्न कठिन सडक सिमकोट गाउँपालिकामा सात स्थानमा रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)